दफा ५
अन्तर्राष्ट्रिय वित्तीय संस्थाले गर्न नहुने काम
अन्तर्राष्ट्रिय वित्तीय संस्थाले देहायका कामहरू गर्न पाउने छैनः–
(क) नेपाल ……….. भित्र कुनै पनि किसिमको अचल सम्पत्ति खरिद गर्न वा अन्य कुनै किसिमबाट आफ्नो नाममा राख्न,
(ख) नेपालमा बसोबास गर्ने ब्यक्तिसित कुनै पनि किसिमको अन्तर्राष्ट्रिय वित्तीय कारोबार गर्न,
(ग) प्रचलित कानुनबमोजिम नेपाल मा संस्थापित कुनै कम्पनीको शेयर वा डिवेन्चर खरिद गर्न,
(घ) नेपाल ………… स्थित बाणिज्य बैंकमा खाता खोल्न ।
तर कार्यान्वयन समितिको स्वीकृति लिई आफ्नो दैनिक कार्यालय प्रशासन सम्वन्धी काम गर्नको निमित्त कुनै बाणिज्य बैंकमा कार्यान्वयन समितिले तोकिदिएको रकमको हदसम्म खाता खोल्न सक्नेछ ।